मिडिया र पत्रकारप्रति ट्रम्पको यतिसम्मको घृणा किन ?

बीबीसीको ‘पानोरामा’ श्रृंखलाले उत्पादन गरेको ‘ट्रम्पः अ सेकेन्ड चान्स ?’ नामक ‘डकुमेन्ट्री’मा ‘मिसलिड’ हुने गरी ट्रम्पको भाषण काटछाँट गरेको आरोप लागेपछि महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले राजीनामा दिए। सो घटनापछि ट्रम्पले बीबीसीसँग १ अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

Why does Trump have such hatred for the media and journalists?

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण तोडमोड गरेको आरोप लागेपछि गत आइतबार ब्रिटिस ब्रोडकाष्टिङ कर्पोरेसन (बीबीसी) का दुई पत्रकारले राजीनामा दिए । बीबीसीको ‘पानोरामा’ श्रृंखलाले उत्पादन गरेको ‘ट्रम्पः अ सेकेन्ड चान्स ?’ नामक ‘डकुमेन्ट्री’मा ‘मिसलिड’ हुनेगरी ट्रम्पको भाषण काटछाँट गरेको आरोप लागेपछि महानिर्देशक टिम डेभी र समाचार विभाग प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका हुन् ।

सोही डकुमेन्ट्रीलाई लिएर ट्रम्पले बीबीसीसँग १ अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

यो डकुमेन्ट्री सन् २०२४ मा भएको अमेरिकी चुनावको एक साताअघि प्रसारण भएको थियो। ६ जनवरी २०२१ मा ट्रम्पले वासिङ्टन डीसीमा गरेको भाषणमा भनेका थिए, ‘हामी क्यापिटलतिर जाने छौँ। अनि हाम्रा साहसी सिनेटरहरू र कंग्रेसमेन/वुमनको हौसला बढाउने छौँ।’ तर डकुमेन्ट्रीमा भिडियोको सिलसिला भंग गरेर एकैपटक अन्त्यतिरको अंश जोडिएको छ।

ट्रम्पले ‘हामी क्यापिटलतिर जाने छौं, त्यहाँ म तपाईँहरूसँगै हुनेछु, अनि हामी लडाँइ गर्छौँ, हामी बेस्सरी लडाँइ गर्छौं,’ भनेको डकुमेन्ट्रीमा देखाइएको छ। उक्त भिडियोमा मिसलिड गरिएको भन्दै गत साता बेलायती पत्रिका टेलिग्राफले समाचार सार्वजनिक गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *