अवैध चिकित्सकीय अभ्यास रोक्न मेडिकल काउन्सिलले ल्यायो कार्यविधि

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अवैध चिकित्सकीय अभ्यास नियन्त्रण गर्न कार्यविधि ल्याएको छ। केही दिनअघि बसेको काउन्सिलको पूर्ण बैठकले ‘अवैध चिकित्सकीय अभ्यास नियन्त्रण कार्यविधि २०८३’ पारित गरेको हो ।

कार्यक्षेत्रभन्दा बाहिर गएर गरिने उपचार तथा भ्रामक चिकित्सकीय प्रचार–प्रसारलाई नियन्त्रण गर्न कार्यविधि ल्याइएको हो ।

यो कार्यविधिले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६, २७, २८ र ३० मा भएका व्यवस्थालाई सक्रिय रूपमा कार्यानवयन गर्न सघाउने छ । ऐनअनुसार नेपाल मेडिकल काउन्सिल वा स्वास्थ्यसँग सम्बन्धित अन्य व्यावसायिक परिषदमा दर्ता नभई गरिने चिकित्सकीय अभ्यास गर्न पाइँदैन ।

यी निकायमा दर्ता भए पनि आफ्नो स्वीकृत कार्यक्षेत्रको दायरामा रहेर मात्रै बिरामीको उपचार गर्न तथा चिकित्सीय सेवा दिन पाइन्छ ।यस विषयमा मेडिकल काउन्सिलसहित स्वास्थ्यसँग सम्बिन्धित अन्य परिषद् तथा निकायसँग वृहत छलफलका लागि भोलि बैठक गर्ने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *