मिस नेपाल २०२६ को ताज दीपमाला ढकाललाई

काठमाडौँ। दीपमाला ढकालले मिस नेपाल–२०२६ को उपाधि जितेकी छन्। शनिबार काठमाडौँमा आयोजित ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रतिष्ठित ताज आफ्नो नाममा लेखाएकी हुन्।द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दीपमालाले मिस नेपाल–२०२६ को उपाधि हात पारेकी हुन्।

दीपमाला यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल–२०२५ को उपाधि समेत जितेकी थिइन्। उनी लामो समयदेखि हङकङमा बस्दै आएकी छन्।फाइनान्स एन्ड इकोनोमिक्स विषयमा स्नातक गरेकी दीपमालाले विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक (BlackRock) मा समेत कार्यअनुभव हासिल गरेकी छन्। तर, आमाको अधुरो सपना पूरा गर्ने उद्देश्यले उनले उक्त जागिर छाडेर मिस नेपाल प्रतियोगितामा सहभागी हुन नेपाल फर्किएको बताएकी छन्।

मिस नेपाल–२०२६ को उपाधिसँगै दीपमालाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *