काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा)। काँकडभिट्टा नाकाबाट आर्थिक वर्ष २०८२/८३ मा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।काँकडभिट्टा भन्सार कार्यालयका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल र लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ नेपाल भित्रिएको हो।

कार्यालयका अनुसार सबैभन्दा बढी रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको पेट्रोल आयात भएको छ। त्यसैगरी रु नौ अर्ब ५५ करोड ४९ लाख सात हजार बराबरको डिजेल र रु दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको एलपीजी आयात गरिएको छ।यसअघि आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाकाबाट रु आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार बराबरको पेट्रोल तथा रु सात अर्ब तीन करोड ३२ लाख १९ हजार बराबरको डिजेल आयात भएको थियो।

काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार गत आर्थिक वर्षमा पेट्रोल आयातबाट रु पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार तथा डिजेल आयातबाट रु दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व सङ्कलन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *